site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराष्ट्रपतिको बचाउमा ओलीले भने, ‘सदनमा भाषण गरेर प्रधानमन्त्रीले पूर्वराष्ट्रपतिमाथि हमला गर्नुभयो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको बचाउ गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा भाषण गरेर पूर्वराष्ट्रपति भण्डारीमाथि हमला गरेको आरोप लगाए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अदालतले ‘स्टे अर्डर’ दिइसकेको नागरिकता विधेयकमा प्रधानमन्त्री प्रचण्ड बोलेर पूर्वराष्ट्रपतिमाथि हमला गरेको टिप्पणी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यत्रो भाषण गरेर भाषण गर्नुको पछाडि प्रधानमन्त्रीज्यू यहाँको उदेश्य पूर्वराष्ट्रपतिमाथि हमला गर्नु थियो ?,” उनले भने, “अदालतले स्टे अर्डर गरिसकेको विषयलाई अब त्यहाँ हेरौ के हुन्छ, त्यसपछि निर्णय गरौँला भनेर टुंगो लागउन सक्नुहुन्थ्यो । तर त्यस अवसरलाई पूर्वराष्ट्रपतिको विरोध गर्नुभयो ।”

उनले दुई–दुईपटक पास गराएर कहाँ पठाएको हामी पनि यहीँ छौँ त भन्दै आक्रोश पोखे ।

“पास–पास भनेजस्तो कता कता सुनिएको थियो,” ओलीले भने, “के पास, के पास । ए छलफल गरौँ न भन्यो भने ए पास, पास । छक्कै पर्यौँ हामी कस्तो संसद् भनेर । कस्तो सत्तापक्ष ?”

उनले यो तरिका ठिक नभएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्