site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोसेरोको जस्तो भएको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् ।

"समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै छ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी समेत गरे ।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोसेरोको जस्तो भएको उल्लेख गर्दै उनँले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए ।

"बजेटमा चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो छ। यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यसकारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ । परिणाममा हेरियोस् म केही भन्दिन," उनले भने ।

त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनाती दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्