site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदले दिएका सुझाव सम्बोधन गर्ने विधिबारे जानकारी गराउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरूले दिएका सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गरे । सो विषय कसरी समावेश गर्नुहुन्छ ? भन्दै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्न गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केही दिनअगाडि नीति तथा कार्यक्रमको बारेमा संसद्मा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नुभएको थियो । म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरूलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ ? यो संसद्लाई स्पष्ट गराइदिनुहुन म अनुरोध गर्न चाहन्छु,” उनले भने, “वास्तवमा आज अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ, त्यो आज उत्पन्न भएको समस्या होइन । यो लामो व्यथितिले उत्पन्न गरेको परिणाम हो । भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नुभयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन ।”

सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरू मुख्य कारण रहेको औँल्याए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्