site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
औषधिजन्य प्रयोजनका लागि मात्र गाँजाखेती : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसरी, कुन ‘मोडेल’मा गाँजाखेती सकिन्छ भनेर अध्ययन गर्न बजेट विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“गाँजाखेतीलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, यो विषयमा गम्भीर होऔँ भनेर अध्ययन गरौँ भनेको हो । एकैपटक खेती गरिहाल्ने, भोलिदेखि नै सुरु गर्ने भनेको छैन,” उनले भने, “यसको कानुनी अड्चनहरू पनि हटाउनुप¥यो । त्यसपछि कुन मोडेलमा अगाडि लग्ने भन्ने पनि छ । अहिले त औषधिजन्य प्रयोजनको लागि मात्र अध्ययन गर्ने भनेको हौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अरू देशहरूले यसको फाइदा उठाउँदा यहाँ पुरानै मानसिकता लिएर बस्न नहुनेमा उनले जोड दिए । पहिले गाँजाखेती बन्द गरेका अरू देशहरूले अहिले ‘बिग बिजनेस’ गरिरहेको उनको भनाइ छ । 

“गाँजाखेतीको बारेमा पनि चर्चा भयो । केको लागि ल्याएको हो भनेर पूर्वप्रधानमन्त्रीले समते प्रश्न उठाउनुभयो । जुन देशहरूले हिजो हामीलाई भने– यो रोक होइन भने सहयोग नै बन्द हुन्छ । त्यस हिसाबले हामीले रोक्यौँ,” उनले भने, “तर, उनीहरूले नै अहिले औषधि प्रयोजनको लागि खुला गर्ने भनेर बिग बिजनेस गरिरहेका छन् । उनीहरूले यसको फाइदा उठाइरहने हामी पुरानै मानसिकता नबस्ने हो कि !”

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्