
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि बहालवाला गृहमन्त्री रमेश लेखकसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउन आह्वान गरे । "भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म हाम्रो विरोध कायमै रहन्छ," उनले भने ।
शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका छन् भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।