site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनपाङ खोला आयोजनामा चार करोड ७७ लाख ऋण लगानी

काठमाडौं । मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजना धादिङमा नगर विकास कोषको ४ करोड ७७ लाख ऋण लगानीका लागि सम्झौता भएको छ ।

सह–लगानी तथा साझेदारी नीति अवधारणामा सरकार तथा उपभोक्ताको संयुक्त सह–लगानीमा निर्माण हुने आयोजनामा कोषले ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएका बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) को लागत २३ करोड ८५ लाख ४९ हजारको २५ प्रतिशतले हुने रकम चार करोड ७७ लाख ९ हजार कोषबाट ऋण लगानी हुनेछ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कृष्णकुमारी थापाबीच हस्ताक्षर भएको हो ।

सम्झौतामा त्रिपुरासुन्दरी गाउँपालिका धादिङका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष  देवराज धरेलले जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ र २  सेवाक्षेत्र रहेको उक्त आयोजनाका लागि कुल लागतको सरकारबाट ७० प्रतिशत अनुदान, कोषबाट २५ प्रतिशत ऋण लगानी र पाँच प्रतिशत रकम उपभोक्ता संस्थाबाट व्यहोेरिनेछ । उक्त आयोजना निर्माणपछि सन् २०२३ मा दुई हजार ८९७ घरधुरीका ९ लाख १४ हजार ४८१ जनसंख्यालाई २४सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्