site stats
बाह्रखरी :: Baahrakhari
देश
टिपर र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एकापसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–५, सिमरीमा धनगढीतर्फ गइरहेको सुप प्र ०१–००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकल जुधेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्