site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगरको सञ्चार क्षेत्रको कर संशोधन गर्न महासंघको ध्यानाकर्षण 

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको सञ्चार क्षेत्रमा लगाइएको कर संशोधन गर्न माग गरेको छ ।

असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेसा एवं व्यवसायमा लागु गर्न खोजिएको अव्यवहारिक करको दरप्रति महासंघ मोरङले महानगरपालिकाका प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगर प्रमुख कोइरालालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “पछिल्ला समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चार संस्थाहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवीहरू कामबाट धमाधम निकालिने क्रम बढ्दो छ । यही अवस्थामा कतिपय सञ्चारकर्मीहरूले स्वरोजगारमूलक व्यवसाय सुरु गर्ने प्रयास पनि गर्दै छन् । यस्तो अवस्थामा स्थानीय सरकार हुनुको नाताले त्यस्ता स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो करको दायरामा ल्याउने नाममा तिनबाट ठूलो रकम कर असुल्ने महानगरपालिकाको नीति कुनै पनि आधारमा सञ्चारमैत्री मान्न सकिँदैन ।”

महासंघकी उपाध्यक्ष तारा आचार्यले अहिलेको परिस्थितिमा सञ्चारसँग सम्बन्धित कुनै पनि कर छुटको नीति लिएर यस प्रकारका पेसा, व्यवसायलाई महानगरपालिले विशेष संरक्षण गर्नुपर्ने बताइन् ।

महानगर प्रमुख कोइरालाले ध्यानाकर्षण पत्र बुझ्दै करको दर संशोधन गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्