site stats
बाह्रखरी :: Baahrakhari
खेल
समूह चरणमा आयरल्यान्डको पहिलो जित, यूएई जितविहीन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा आयरल्यान्डले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १३८ रनको फराकिलो जित निकालेको छ ।

छनोटको समूह 'बी' मा रहेको आयरल्यान्डको यो पहिलो जित हो । यता, आयरल्यान्डसँग पराजित यूएई भने प्रतियोगिताको समूह चरणमा जितविहीन बनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार जिम्बाब्वेको बुलावाओ एथ्लेटिक क्लबमा भएको खेलमा आयरल्यान्डले प्रस्तुत गरेको ३५० रनको लक्ष्यसहित मैदान उत्रिएको यूएईले ३९ ओभरमा सबै विकेट गुमाएर २११ रनमात्र बनाउन सक्यो ।

यूएईका कप्तान मुहम्मद वसिमले ४५ रन बनाए । सचित शर्माले ४४, बसिल हमेदले ३९ र आर्यन्स शर्माले १८ रन बनाए । अली नासिर र मुहम्मद जवादुल्लाहले समान १३ रन थपे ।

यूएईलाई सस्तैमा समेट्न आयरल्यान्डका जस लिटिल, एन्डी म्याकब्रिन, जर्ज डकरेल र कर्टिस क्याम्फेरले समान दुई विकेट लिए । ब्यारी म्याकार्थीले एक विकेट हात पारे ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३४९ रनको योगफल खडा गरेको थियो ।

आयरल्यान्डका पाउल स्टर्लिङले १६२ रन बनाएका थिए । उनले १३४ बलमा १५ चौका र आठ छक्का प्रहार गरेका थिए । कप्तान एन्डी बलबिर्नीले ६६, ह्यारी टेक्टरले ५७, एन्डी म्याकब्रिनले २४, लोर्कान टकेरले १९ र जर्ज डकरेलले १५ न बनाएका थिए ।

यूएईका सचित शर्माले तीन विकेट लिए । अली नासिरले एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्