site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पामा भारी वर्षा, डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पाल्पामा भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टा पाल्पास्थित जल्पा वर्षामापन केन्द्रमा, मध्यमदेखि भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय तथा डुबान भइरहने क्षेत्रमा हुनेहरूलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

"पछिल्लो तीन घण्टा (असार ५ राति ११ः४० बजे)मा पाल्पास्थित जल्पा वर्षामापन केन्द्रमा, मध्यमदेखि भारी वर्षामापन भएको र सो क्षेत्र भई बहने स-साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय तथा डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले  सतर्कता अपनाऔँ," विभागले सूचना जारी गदै भनेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २३:५५
प्रतिक्रिया दिनुहोस्