site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमाका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकपछि समितिका सभापति प्रकाश पन्थले स्वास्थ्य बिमा कार्यक्रमा देखापरेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि, आपूर्ति तथा उपचार प्रक्रिया सरल बनाएर दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहहरूमा पहुँच विस्तार गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले सुर्तीजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलति रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रम खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

समितिले मानसिक स्वास्थ्य उपचारका सम्बन्धमा मनोसामाजिक परामर्शदाता, स्वास्थ्य विशेषज्ञ सेवा विस्तार गर्न, शिक्षाका पाठ्यक्रममा समावेश गर्न र विभेदजन्य शब्द र प्रावधानलाई हटाउन उपयुक्त नीतिगत व्यवस्था गर्न निर्देशन दिएको छ ।

समिति सभापति पन्थले दिगो विकास लक्ष्य प्राप्तिका लागि निर्धारण भएका सूचकहरूमा प्रगति हासिल गर्नेगरी नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधार गर्न निर्देशन दिए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्