site stats
बाह्रखरी :: Baahrakhari
कला
दिलीप रायमाझी अभिनीत चलचित्र ‘हेल्लो काँशीराम’ १०४ जनाले हेरे

काठमाडौं । जेठ महिनामा रिलिज भएका अधिकांश चलचित्र बक्सअफिसमा निकै कमजोर देखिएका छन् । दर्शकले खासै धेरै चासो नदिँदा सिनेमाको व्यापार न्यून भयो । 

जेठ महिनामा रिलिज भएका कुनै पनि चलचित्रले लगानी उठाउन सकेनन् । ‘हेल्लो काँशीराम’, ‘नरसिंहा : अवतार’, ‘के घर के डेरा : घर नं २’, ‘जन्ते बाख्रो’ र ‘महाभोज’ कुनै पनि चलचित्रले लगानी उठाउन सकेनन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यीमध्ये पनि ‘हेल्लो काँशीराम’ बक्सअफिसमा निकै कमजोर देखियो । यसको बक्सअफिस एक लाख पनि पुगेन । 

जेठ २ गते सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र देशभर गरेर जम्मा १०४ जनाले मात्रै हेरेको तथ्यांक छ । ‘हेल्लो काँशीराम’लाई हलमा गएर १०४ जनाले मात्रै हेरेको बक्सअफिसको तथ्यांकले देखाएको छ । 

‘हेल्लो काँशीराम’ले नेपाली बक्सअफिसमा २५ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले बताएको छ । 

रिम विश्वकर्माको निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा दिलीप रायमाझी थिए । दिलीपसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राईलगायत कलाकारको अभिनय रहेको थियो । प्रियंका कार्की अतिथि भूमिकामा थिइन् । 

‘हेल्लो काँशीराम’को कथा पनि निर्देशक स्वयंले लेखेका थिए । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्