site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विचार बिनाका पार्टीहरूको लहर चलेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरूको लहर चलेको बताएका छन् ।

बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए । आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको उनको भनाइ छ ।

उनले भने, "राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिनाविचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ । योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलब छ र ?"

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरू सफल हुन नसक्ने बताए ।

 

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्