site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ५३.७० अंकले घट्यो, पाँच अर्ब आठ करोडको कारोबार

काठमाडौं । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५३.७० अंकले घटेको छ । गत साताको तीन कारोबार दिन लगातार बढेको नेप्से अन्तिम कारोबार दिन ३५.३७ अंकले घटेको थियो ।

पछिल्लो दुई दिनको कारोबारलाई हेर्दा ८९.०७ अंकले घटेर नेप्से २०९७.२९ को बिन्दुमा पुगेको छ । अघिल्लो साता २२०० विन्दु पार गरेको नेप्से कारोबारीले नाफा बुक लाग्दा घटेको देखिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज २८६ धितोपत्रको एक करोड १२ लाख २३ हजार १८३ कित्ता सेयर पाँच अर्ब आठ करोड १९ दाख ७६ हजार १७९ रुपैयाँमा कारोबार भएको छ ।

आज १३ वटै समूहगत परिसूचक घटेका छन् । आज बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ भने सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्