site stats
बाह्रखरी :: Baahrakhari
देश
यी भू–भागका नदीमा बाढीको जोखिम 
प्रतीकात्मक तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । देशका केही भागमा आज पनि भारी वर्षाको सम्भावना रहेकाले केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । 

संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, सल्यान, रुकुम पश्चिम, डोटी, डडेलधुरा र आसपासका स–साना नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने महाशाखाले बताएको छ । जलसतह बढे पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्