site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संस्कृति मन्त्रालयद्वारा विभिन्न पुरस्कारको घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै संस्कृति प्रवर्द्धन कार्यक्रमअन्तर्गत ‘योगमाया राष्ट्रिय पुरस्कार—२०७९’ भोजपुर कुलुङका साहित्यकार पवन आलोक कँडेललाई प्रदान गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्रकुमार के.सी.द्वारा प्रेषित विज्ञप्तिमा सो जानकारी गराइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, मन्त्रालयको विज्ञप्तिअनुसार भाषा एवम् साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार—२०७९’ बाट काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेललाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

यसैगरी भाषा साहित्यतर्फको ‘प्रादेशिक प्रतिभा पुरस्कार—२०७९’ कोसी प्रदेशबाट डिकप्रसाद वान्तवा, मधेस प्रदेशबाट सञ्जय साह, वाग्मती प्रदेशबाट डा. लोकबहादुर लोप्चन, गण्डकी प्रदेशबाट छायादत्त न्यौपाने (बगर), लुम्बिनी प्रदेशबाट शोभाराम चौधरी (शेखर दहित), कर्णाली प्रदेशबाट देवकी तिमल्सिना (समीक्षा) र सुदूरपश्चिम प्रदेशबाट भरतकुमार साउदलाई प्रदान गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्