site stats
बाह्रखरी :: Baahrakhari
देश
परराष्ट्रले भन्यो– जटिल परिस्थिति कायम रहेसम्म इजरायल र इरान भ्रमण नगरौँ

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयले बुधबार यात्रासम्बन्धी जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न आवश्यकताअनुसार कदन चालिने बताएको छ । 

मन्त्रालयले आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्कनु निर्देशन दिएको छ । 

"इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रूपमा लिन र पालना गर्नुहुन अनुरोध छ," परराष्ट्र मन्त्रालयले भनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परराष्ट्रले नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ । 

परराष्ट्र मन्त्रालयले भनेको छ, "नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहनु हुन तथा परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्नु हुन अनुरोध छ ।"

इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ । 

"इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नु हुन अनुरोध छ," मन्त्रालयले भनेको छ । 

1-1750264355.jpg

2-1750264355.jpg

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्