site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । 

विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये आज  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०५:३०
प्रतिक्रिया दिनुहोस्