site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् विकास कोषको रकम रकमान्तर गरेर भए पनि लम्पिस्किनको औषधि उपलब्ध गराउन एमालेको माग 

काठमाडौं । नेकपा (एमाले)ले पशुचौपायमा लागेको लम्पिस्किन रोगले विकराल रूप लिँदा पनि गम्भीरताका साथ नलिएको आरोप लगाएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले चार महिनाको अवधिमा ३७ अर्ब क्षति भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“लम्पिस्किनले विकराल रूप लिएको छ । धेरै किसानका दुधालुु गाई भैंसीमा मरेका छन्,” उनले भने, “खेती लगाउने समयमा गोरुहरू मरेका छन् । चार महिनाको अवधिमा आठ लाख पशु चौपाया संक्रमित भएका छन् । २७ हजार मरेका छन् । गरिब किसानको ३७ अर्ब क्षति भएको छ ।” 

सरकारले तदारुपता देखाएर खोप प्रभावकारी बनाउनुपर्नेमा उदासिन बनेको आरोप लगाए । अहिलेसम्म सरकारले दुई लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको उनको भनाइ छ । 

निकट भविष्यामा २५ लाख पशुचौपाया संक्रमित हुने र एक लाख मर्ने अवस्था आउने विज्ञहरुको भनाइ रहेको उनले बताए । गाउँमा प्राविधिक, खोप, औषधी पार्याप्त रुपमा नपाठएले पशु मरिरहेको भन्दै ध्यानकर्षण गराए । 

खोप, औषधि नपुग्नेको कारण सरकारले बजेट नदिएको भनाइ विभागका महानिर्देशको रहेको उनले बताए । उनले संसद् विकास कोषको रकम रकमान्तर गरेर भए पनि राहत, औषधि उपलब्ध गराउन माग गरे । 

“यति संवेदनशील विषयमा किसान आहालमा डुबिरहेका छन् । रोइरहेका छन् । उनीहरूले कहीँबाट धर पाइरहेका छैनन् । यस्तो स्थितिमा जिम्मेवारीबाट विमुख भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन,” गिरीले भने, “यदि सरकारसँग पैसा नपाएर राहत नपाएको भए निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमबाट रकामान्तर गरेर भए पनि ती किसानलाई राहत उपलब्ध गराउनुपर्यो । 

औषधि उलब्ध गराउनुप¥यो । खोप उपलब्ध गराउनुप¥यो । किसान टाउको हात राखेर धुरुधुरु रुने हामीलाई मान्य छैन ।”
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्