site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गजल प्राविधिक विधा हो (भिडियोवार्ता)

नेपाली गजलसाहित्यमा निरन्तर सक्रिय गजलकार हुन्, प्रभाती किरण । ५० को दशकको उत्तराद्र्धदेखि गजल लेख्न थालेका किरणलाई यसको सौन्दर्य, कला र मर्मले आकर्षित गर्दै गयो ।

फलतः कविता, निबन्ध, समीक्षा लेख्दै आएको भए तापनि गजललाई उनले आफ्नो मूल विधा बनाए । अनि, गजल लेखन र वाचनमा लागे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयुक्त र एकल गरेर उनले गजलका दुई कृति बजारमा ल्याइसकेका छन् । वर्तमान समयमा गजलमा परिवर्तन आइरहेको उनी बताउँछन् ।

प्रभाती किरण भन्छन्, “गजलको आन्तरिक तथा बाह्य दुवै संरचनालाई विशेष ख्याल गर्नुपर्छ । किनभने, गजल प्राविधिक विधा हो ।”

उनै गजलकार किरणसँग बाह्रखरीको यसपटकको गजल गंगामा गरिएको कुराकानी–

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्