site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदी तथा खोलामा छ बाढीको जोखिम 
फाइल तस्बिर

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढी आउने जोखिम रहेको छ । केही प्रदेशमा वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

दोलखा, सिन्धुपाल्चोक, रसुवा, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, दैलेख, सुर्खेत, कन्चनपुर, डडेलधुरा र बासपास भएर बहने केही नदी तथा खोलामा बहाव बढ्न पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चििम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ ।

आज महाकाली नदीको बहाव सतर्कता तलै रहने तर उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले आवश्यक सतर्कता महाशाखाले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्