site stats
बाह्रखरी :: Baahrakhari
देश
सोह्रखुट्टेमा बसको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे उकालोमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बालुवाटारमा बस्दै आएका नुवाकोटको बेलकोटगढी नगरपालिका–१० का २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो ।

नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब सवा ६ बजे बा४ख ७४११ नम्बरको यात्रीवहाक बसले बा६४प ४९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधनसहित बस चालकलाई प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्