site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बहिर्गमित लडाकुका मागलाई सरकारले तत्काल सम्बोधन गरोस् : प्रदीप ज्ञवाली
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको संक्रमणकालीन न्यायलाई गिजोल्ने काम हुन नदिन पनि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले बहिर्गमित लडाकुहरुलाई पनि लोकतान्त्रिक सम्मान दिएर उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भए पनि त्यसलाई वर्तमान सरकारले अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गरे ।

उपमहासचिव ज्ञवालीले तत्कालीन द्वन्द्वले धेरै थिलथिलो बनाएको रुकुम, रोल्पा, जाजरकोटलगायतको क्षेत्रमा पनि द्वन्द्वको घाउ पुर्नका लागि सरकारले विकास, निर्माण र रोजगारीका लागि विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने आवश्यक्ता औँल्याए । तत्कालीन अवस्थामा घर बिदामा गएका सुरक्षाकर्मीहरुलाई समेत मार्ने काम भएको उल्लेख गर्दै उनीहरुको पनि गुनासोलाई राज्यले सम्बोधन गरेर संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउनुपर्ने ज्ञवालीले बताए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्