site stats
बाह्रखरी :: Baahrakhari
विदेश
श्रीलंकामा पूराना १७५ यात्रुबाहक बस पुनः प्रयोगमा ल्याइने

कोलम्बो । श्रीलंकाको सरकारी स्वामित्वको श्रीलंका यातायात बोर्डका पूराना भई हटाइएका १७५ वटा बस पुनः प्रयोगका लागि मर्मत गरिएको छ ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी)ले मंगलबार जारी गरेको विज्ञप्तिमा बस पुनः प्रयोगका लागि मर्मत गरिएकोबारे जानकारी गराइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले भनेको छ, “यी बसहरू देशको आयात प्रतिबन्धको परिणामस्वरूप स्पेयर पार्ट्सको कमीको कारण सेवाबाट हटाइएको थियो ।”

करिब ३० करोड श्रीलंकाली रुपैयाँ अर्थात् नौ लाख १२ हजार अमेरिकी डलरको लागतमा १७५ वटा बस सञ्चालनमा ल्याइएको पीएमडीले जनाएको छ ।

पूराना बसहरू मध्ये १५ वटा विद्यालयका साना बालबालिकाको सुविधाका लागि प्रयोग गरिने र अन्य बस सार्वजनिक यातायातको यात्रुहरूको यातायात आवश्यकताहरू पूरा गर्न सम्बन्धित बस डिपोहरूलाई हस्तान्तरण गरिनेछ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २३:४८
प्रतिक्रिया दिनुहोस्