site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौं : वन्डर्स नेपाल 

काठमाडौँ । वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ ।

यसका लागि योजना अनुमति, उचाइ अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्रलगायतका सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स प्रालिले स्पष्ट पारेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्काई वाक आधिकारिक रुपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स प्रालिले स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै आफूहरू उत्साही भएको जनाएको छ ।

“सम्पूर्ण कानुनी प्रक्रियाहरु (श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरु समेतलाई पूर्ण रुपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौँ । आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौँ,” वन्डर्स प्रालिले आफ्नो पत्रमा उल्लेख गरेको छ, “हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुनबमोजिम कर तिर्दै राजस्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।”

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्