site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, चार करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सहकारीको जग्गा सस्तोमा बिक्रीवितरण गरी चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ हानि नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले बिहीबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेकामा सझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्यहरु आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्यसचिव तथा महाप्रबन्धक अमर थापा रहेका छन् ।

उनीहरुविरुद्ध दायर गरिएको मुद्दामा चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुले हाल वीरेन्द्रनगर नगरपालिका–८ को क्षेत्रफल ०–२–० को जग्गा र कोहलपुर गाविस–३ (क) को क्षेत्रफल ०–२–१७ को जग्गा बिनाआधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गरेको ठहर अख्तियारले गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्