site stats
बाह्रखरी :: Baahrakhari
देश
यौनदुर्व्यवहार आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ

काठमाडौं । बाल यौनदुर्व्यवहारको आरोपमा एक चाइल्ड केयर सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ घर भई बुङमतीमा बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई नियन्त्रणमा लिएको हो ।

बुढाले ललितपुरमै ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन सञ्चान गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ललितपुरका प्रहरी प्रमुख एवं एसएसपी सिद्धविक्रम शाहका अनुसार सोही चाइल्ड केयरमा बस्दै आएकी आठ वर्षीया बालिकाको संवेदनशील अंग चलाउने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

बुढाले निलडाम हुने गरी बालिकालाई कुटपिट गर्ने गरेको पनि खुलेको छ । प्रहरीले बुढामाथि अनुसन्धानका लागि अदालतबाट सात दिनको अनुमति लिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्