site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्विन्टलका क्विन्टल सुन भारततिर तस्करी हुँदा भारु सस्तो भयो : युवराज खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सीमा नाकाबाट ठुलो परिमाणमा सुन भारत जाँदा भारतीय रुपैयाँ सस्तिएको बताएका छन् । बुधबार एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुन तस्करीका कारण नेपालीको तुलनामा भारतीय रुपैयाँ सस्तो भएको बताएका हुन् । 

"भारु सस्तो हुनु भनेको क्विन्टलका क्विन्टल सुन भारततिर तस्करी हुनु हो । यो कसलाई थाहा छैन," उनले भने, "म गभर्नर हुँदा नेपाली १०० रुपैयाँसँग भारतीय रुपैयाँ १६५/१६० भन्दा तल ल्याउन सकेको थिइनँ । अहिले १५५/१५० छ । यो सुन तस्करीले गर्दा हो ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले व्यापार घाटा घटेको देखेर सरकार खुसी भएको तर यथार्थमा आर्थिक विकास नै नभएर व्यापार घाटा घटेको उनको भनाइ छ । सरकार सीमित घरानालाई पोस्न लागेको भन्दै उनले अर्थतन्त्र चलायमान बनाउने उद्योगीलाई अहिलेको सरकारले प्रतिबन्ध लगाएको आरोप लगाए । 

"यो सरकारले व्यावसायिक विश्वास घटायो । व्यावसायिक विश्वास घटाउनुहुँदैन । व्यावसायिक क्षेत्रमा अराजक प्रवृत्ति मौलाएको छ । अराजक तत्वलाई कन्ट्रोल गरियोस्," उनले भने, "व्यवसायीलाई कालो मोसो दलिएको छ । सरकार मौन छ । कालो अर्थतन्त्र जबसम्म स्थापित हुन्छ, स्वच्छ व्यवसाय गर्ने विस्थापन हुन्छन् ।"

त्यस्तै, उनले सेयर बजारको चिन्ता धितोपत्र बोर्डले लिनुपर्ने पनि बताए । जग्गा कित्ताकाटले अर्थतन्त्र चलायमान नहुने पनि उनको धारणा छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्