site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एकजना एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नमिस अख्तर रहेको सीआईबीले जनाएको छ ।

उनलाई गएराति चितवनबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अख्तरले आईएस्सीको प्रमाणपत्र किर्ते गरेको खुलेको छ । उनी चितवनको मेडिकल कलेजमा पढ्दै गरेका विद्यार्थी हुन् ।

सीआईबीले २५ साउनदेखि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्नेविरुद्ध अपरेसन नै चलाएर पक्राउ गर्न थालेको छ । हालसम्म सातजना पक्राउ परेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्