site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कूटनीतिक पहल असफल भए सैन्य हस्तक्षेप गर्ने सहमति

काठमाडौं । इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) नाइजेरियामा प्रजातन्त्र पुनः स्थापनाका लागि गरिएको कूटनीतिक पहल नमाने सैन्य हस्तक्षेप गर्ने सहमति भएको बताएका छन् ।

पश्चिमी अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (इकोवास)ले कूटनीतिक पहल असफल भएको खण्डमा अन्तिम उपायको रूपमा सैन्य बल स्ट्याण्डबाइ राख्न निर्देशन दिएको हो । यसको खुलासा इकोवासका राजनीतिक मामिला, शान्ति र सुरक्षा आयुक्त अब्देल फताउ मुसाहले गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही हप्ताअघि मात्रै नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थगरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए ।

घानाको राजधानी अक्रामा इकोवास रक्षा प्रमुखहरूको दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरे । मुसाहले सबै आवश्यक तयारी पूरा भइसकेको र रक्षा प्रमुखहरूले थप निर्देशनका लागि उपक्षेत्रीय स्तरका नेताहरूलाई आफ्नो प्रतिवेदन पेस गर्ने बताए ।

उनले भने, "हामीले हस्तक्षेपका लागि आवश्यक तयारी गर्ने कुरामा पहिला नै सहमति जनाइसकेका छौँ । आदेश दिनासाथ जुनसुकै बेलामा हामी नइजर जान तयार छौँ । यो दोस्रो पटकको बैठक हो र हाम्रा राष्ट्राध्यक्षहरु र प्रश्तुत प्रतिवेदनप्रति सरकार सन्तुष्ट छ । हाम्रा सेनता तयार छन् ।"

nउनले संकटलाई शान्तिपूर्ण रूपमा समाधान गर्न अझै छलफलको वातावरण कायम रहेको बताए। उनले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुम र उनको परिवार अझै नाइजेरियाको हिसासतमा रहेको भन्दै बिनाशर्त रिहा गर्न आग्रह गरे ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्