site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साउनको राजस्व : कुन शीर्षकमा कति संकलन ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले राखेको लक्ष्यको ७९.२१ प्रतिशत मात्र राजस्व असुली भएको हो । सरकारले ९९ अर्ब ५७ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्य प्राप्तिबाट राजस्व संकलन गर्ने लक्ष्य नराखेको भए पनि सरकारले यो शीर्षकसहित साउनमा कुल ८८ अर्ब १३ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार अन्य प्राप्ति शीर्षकमा नौ अर्ब २६ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

भन्सार महशुलबाट सरकारले १४ अर्ब ६५ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) बापत सरकारले २३ अर्ब ८६ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । गत आवको पाहिलो महिनामा सरकारले यो शीर्षकमा २४ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, अन्तशूल्कबापत ११ अर्ब तीन लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । शिक्षा सेवा शूल्कबापत सरकारले चालु वर्षको साउनमा २८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।

आयकरबापत २० अर्ब ३३ करोड ५७ लाख रुपैयाँ आर्ज गरेको छ । गैर करबापत सरकारले आठ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्