site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वकै ठूलो कम्पनी फक्सकनका संस्थापक गोउ ताइवानको राष्ट्रपति चुनावमा लड्ने
तस्बिर : एपी ।

काठमाडौं । विश्वकै ठूलो प्रविधि उत्पादक एवं एप्पलको प्रमुख सप्लायर फक्सकनका संस्थापक अर्बपति टेरी गोउले ताइवानको राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

ताइवानको सम्बन्ध ठिक गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मैले २०२४ को राष्ट्रपतीय चुनावमा सामेल हुने निर्णय गरेको छु ।”

उनले ताइवान दोस्रो युक्रेन बन्न लागेको भन्दै आफूले त्यसो हुन नदिने बताए । उनले भने, “मलाई चार वर्ष दिनुहोस्, म ताइवान स्ट्रेटमा ५० वर्षको शान्ति ल्याउनेछु । ताइवान स्ट्रेटमा पारस्परिक विश्वासको लागि सबैभन्दा गहिरो आधार निर्माण गर्नेछु...ताइवान युक्रेन बन्नु हुँदैन र म ताइवानलाई अर्को युक्रेन बन्न दिने छैन ।”

ताइवानको प्रमुख प्रतिपक्ष पार्टी कुओमिन्ताङ (केएमटी)का तर्फबाट उमेदवारका रूपमा चयन नभएपछि उनले स्वतन्त्र उमेदवारी घोषणा गरेका हुन् । गोउले स्वतन्त्र उमेदवारका रूपमा योग्य हुन आउँदो नोभेम्बरसम्म दुई लाख ९० हजार हस्ताक्षर संकलन गर्नुपर्नेछ ।

गोउले ताइवानको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) भ्रष्ट र आक्रामक भएको आरोप लगाए । यसले पछिल्ला सात वर्षमा सम्बन्ध बिगार्दै ताइवानलाई युद्धतर्फ धकेलेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्