site stats
बाह्रखरी :: Baahrakhari
देश
अश्लील भिडियो बनाएर फेसबुकमा पोस्ट गर्ने युवक पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नक्कली फेसबुक आईडीमा अश्लील फोटो तथा भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरका २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले सुरुमा सामाजिक सञ्जालमा केटी साथीहरू बनाउँथे । त्यसपछि विस्तारै प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लील फोटो तथा भिडियोहरू नक्कली फेसबुक आईडी बनाएर राख्थे । तिनै फोटो तथा भिडियोहरू पीडितका आफन्तहरूलाई समेत पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । 

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्