site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि

काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । 

सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधिसहित सम्मान समर्पण गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्मान ग्रहण गर्दै डा. गुरुङले ७७ वर्षपछि पुनः न्वारान गरिदिएको भन्दै महासंघप्रति आभार प्रकट गरे । उनले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए । 

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमशेर जबरा, विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्याल लगायतले बोलेका थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्