site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वतन्त्र प्रदेशसभा सदस्य सिंहलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

राजविराज (सप्तरी) । मधेस प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंहलाई पूर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या अभियोगमा सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र निर्वाचित उनलाई प्रहरीले सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको सिंहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेलगत्तै थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ ।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएका थिए  । माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको मुद्दामा सिंहलाई अदालतले दोषी ठहर गरिसकेको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्