site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाग्मती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी
फाइल तस्बिर ।

मकवानपुर । वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरिएको बताएकी छन् ।

मन्त्रालयले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि १५ करोड रुपैयाँ बजेट छुट्ट्याएर चालु आवमा काम गर्न लागिएको मन्त्री मोक्तानले जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ ।

प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका युवालाई कार्यक्रममा समेट्न लागिएको उनले उल्लेख गरिन् । यस कार्यक्रमको कार्यविधि बनाउन लागिएको मन्त्री मोक्तानले बताइन् । कार्यविधि निर्माणपछि मन्त्रालयअन्तर्गतका कार्यालय, सीटीईभीटीलगायत संस्थामार्फत कार्यान्वयन गरिने उनले जानकारी दिइन् ।

गत आर्थिक वर्षमा कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्ट्याए पनि काम हुन सकेन । पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा बजेट राखिएको थियो । पछि सामाजिक विकास मन्त्रालयमा पठाइएको बजेट समय अभावका कारण काम गर्न सकिएको थिएन । रासस

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २२:३१
प्रतिक्रिया दिनुहोस्