site stats
बाह्रखरी :: Baahrakhari
देश
बेमौसमी तर्क उठाएर माहोल खल्बल्याउनेप्रति सतर्क रहन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले बेमौसमी तर्क उठाएर माहोल खल्बल्याउनेप्रति सतर्क रहन सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा आइतबार सेनालाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।

“उहाँले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी असामयिक तर्क उठाई स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूह तथा क्षणिक वा दूरगामी असर पार्नसक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको वृहत्तर हितमा समर्पित रहन सकलदर्जालाई निर्देशन दिनुभयो,” जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको स्मरण उनले गरेका थिए ।

आफ्नो कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकहरुमा माल्यार्पण गरेका थिए ।

प्रधानसेनापतिले आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कुमारबाबु थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उनीहरु पदोन्नतिसम्बन्धी विशेष व्यवस्थाअनुरुप पदोन्नति भएका हुन् ।

सम्बोधनका दौरान प्रधानसेनापतिले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समीक्षा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्