site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको आक्रोश– मिनबहादुर गुरुङ र यती होल्डिङ्सलाई किन खेदेको ? भागेर हिँड्थे ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटिरहेको आरोप लगाएका छन् ।

मिनबहादुर गुरुङ र यती होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूमाथि सरकारले छानीछानी दुःख दिने काम गरेको ओलीको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरूले मुलुकमा तमासा देखाइरहेको बताए ।

"अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेट्छ । त्यो मिनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५/६ जनाले किनिसकेको जमिन, उसले धनीपुर्जा हेर्‍यो, भएको मान्छेसँग किन्यो त । अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरू त तिनीहरू हुन नि । ती ठूला कुरा गरेर हिँड्ने । अनि, अर्कोसँग धनीपुर्जा हेरेर मालमा गएर, भूमि सुधारमा गएर पास गरेको होला नि । सरकारी अड्डामा गएर पास गरेको होइन ? त्यसरी पास गरेर जग्गा किनेको मान्छे उसलाई किन त्यस्तो ? अनि, के मिनबहादुर गुरुङ भागेर हिँड्थ्यो ? अनि यो सबै सम्पती तिमीहरू खाऊ भनेर छोडेर हिँड्थ्यो ?," ओलीले भने । 

ओलीले राष्ट्रिय पुँजी निर्माणमा भूमिका खेलिरहेको यती होल्डिङ्सलाई पनि अहिलेको सरकारले खेदिरहेको बताए ।

"यती होल्डिङ्सलाई किन खेदेको ? यती होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादीहरू हुन् । त्यसकारण उनीहरू खेद्छन् । किनभने त्यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा, भारी बोकेर हिँडथ्यो रे बच्चैदेखि । त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ । पर्यटन पनि चलाएको छ । होटल पनि चलाएको छ । हेलिकप्टर पनि चलाएको छ । यसो गर्न पाइन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले । यो त राष्ट्रिय पुँजीबाहेक हुनै सक्दैन । उसले विदेशमा लगेर स्विजरल्यान्डमा जम्मा गर्दैन । ऊसले माल्दिभसमा लादैन, श्रीलंका लादैन । बंगालदेश, भारत लाँदैन । मुम्बईमा होटल  छैन । यस्ता देशैमा केही गर्छु भन्ने पनि चलाउन दिइन्छ ?," ओलीको प्रश्न थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्