site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणतन्त्र संस्थागत नहुँदा प्रदेश कमजोर भए : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टीका (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र संस्थागत गर्न समय झन् घर्किदै गएको बताएका छन् ।

समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै यादवले भने, "निरंकुश पंञ्चायती व्यवस्था फ्याकेको ३४ वर्ष भयो । गणतन्त्र स्थापना गरेको १५ वर्ष भयो । नयाँ संविधान बनेको पनि लामो समय भयो । तर विगतको १६ वर्षमा १३ पटक केन्द्रमा सरकार बदलिए छन् तर प्राप्त भएको उपलब्धि संस्थागत हुन सकेनन् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले गणतन्त्र संस्थागत गर्न प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसकिएको र प्रदेश कमजोर अवस्थामा पुगेको बताए ।

सबै शक्ति सरकार बनाउने र टिकाउनेमा ध्यान जाँदा संघीयता कार्यान्वयन गर्न नसकिएको बताउँदै प्रहरी, निजामती ऐन नबन्दा प्रदेश संस्थागत गर्न नसकिएको बताए ।

उनले भने, "समाजमा समान स्रोत साधनमाथिको पहुँच अभिवृद्धि हुन सकेको छैन । जनतामा आक्रोश बढ्दै गएको छ ।"

सुशासन चाहेको भएपनि नेपालीले कुशासन मात्र पाइएको यादवको भनाइ छ । आर्थिक र राजनैतिक उपलब्धि संस्थागत हुन नसकेको भन्दै उनले विकास र समृद्धिको यात्रामा आम जनता सामेल हुन नपाएको जिकिर गरे ।

आर्थिक खाडल र विभेद बढेको बताउँदै यादवले कृषि, शिक्षा क्षेत्र झन् उपेक्षित र चौपट भएको बताए । राजनीति स्थिरताको लागि समाजवादी मोर्चा निर्माण गरिएको उनको भनाइ छ ।

मोर्चा कांग्रेसलाई तर्साउन वा उसको विरुद्धमा नबनाइएको यादवले दाबी गरे ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्