राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक 'विशेष कारणवश' हाललाई स्थगन गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्