site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुन्डाई एक्सटर सार्वजनिक

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा जारी नाडा ‘अटो शो २०२३’ मा एसएक्स भेरियन्टको हुन्डाई एक्सटर–एसयूभी सार्वजनिक गरेको छ । अब चाँडै नै अरू भेरियन्टसहित बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

हुन्डाई एक्सटर पाँच सिटर कम्प्याक्ट एसयूभी हो । कम्पनीको मोडेल लाइनअपमा यो पहिलो एसयूभी रहनेछ । ई, एस, एसएक्स, एसएक्स–ओ गरी चार भेरियन्टमा हुन्डाई एक्सटर ल्याइने कम्पनीले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वीललगायत क्लस्टर पाउन सकिन्छ ।

हुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ एयरब्याग, इलेक्ट्रिक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीजस्ता फिचरहरू दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ ।

बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्वील र फ्युचरिस्टिक डिजाइन दिइएको छ ।

१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिने पनि बताइएको छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्