site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनका रक्षामन्त्री ली साङ्फू गायब

काठमाडौं । चीनका रक्षामन्त्री ली साङ्फू केही समययता सार्वजनिक स्थानबाट हराइरहेको समाचार बाहिरिएका छन् । 

गत मार्चमा मात्रै रक्षामन्त्री नियुक्त भएका ली साङ्फु दुई हप्ताभन्दा बढी समयदेखि सार्वजनिक स्थानमा नदेखिएको सीएनएनले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो समय चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको माथिल्लो तहका नेताहरू गायब भइरहेको विषयले रक्षामन्त्री लीको अवस्थालाई लिएर पनि अनेकौ टिकाटिप्पणी भइरहेका छन् ।

फाइनान्सियल टाइम्सले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले लीलाई अनुसन्धानको दायरामा राखिएको विश्वास गरेको उल्लेख गरेको छ।

वाल स्ट्रिट जर्नलले पनि बेइजिङ स्रोतलाई उद्धृत गर्दै लीलाई गत हप्ता सोधपुछका लागि लगिएको जनाएको छ । तर, कारण भने खुलाइएको छैन ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा लीको अवस्थाबारे सोध्दा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आफूलाई सो अवस्थाबारे जानकारी नभएको बताएका छन् ।

गत जुलाईको अन्त्यमा चीनको विदेशमन्त्रीका रूपमा एक महिना बेपत्ता भएका चिङ काङलाई त्यसपछि पदबाट हटाइएको थियो र वाङ यीलाई नै फेरि पद दिइएको थियो । अहिले चीनका रक्षामन्त्री बेपत्ता भएको विषय बाहिरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्