site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च

काठमाडौं । सरकारले आयातमा कडाइ गरेपछि विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । 

यसरी चालु आर्थिक वर्ष २०८०/८१ को साउनसम्म विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च कायम भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्मको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भएको हो । गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्