site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा पाँच स्थानमा दुई महिनासम्म प्रदर्शन गर्न नपाइने

काठमाडौं । प्रदेशको नामलाई लिएर हुन सक्ने सम्भावित प्रदर्शनलाई रोक्न प्रशासनले विराटनगरका केही स्थानमा प्रदर्शन तथा भेला हुन रोक लगाएको छ ।

प्रदेशको नामप्रति असन्तुष्ट विभिन्न समूहले फेरि आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनका लागि सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा लगाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै असोज १ गते बिहान ६ बजेदेखि लागु हुने गरी दुई महिनासम्म प्रदर्शन तथा भेला हुन रोक लगाइएको जनाएका हुन् । 

उनका अनुसार प्रदेशसभा सचिवालयबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक पर्ने रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको ३०० मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३०० मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वका क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्