site stats
बाह्रखरी :: Baahrakhari
देश
गैह्रीगाउँको हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ ।

हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटनामा संलग्न आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारीमा बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

गएको शुक्रबार मध्यराति गैह्रीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या गरिएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्