site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्यानडालीलाई भारतमा प्रवेश गर्न भिसामा रोक

काठमाडौं । खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको मृत्युलाई लिएर भारत र क्यानडाबीचको कूटनीतिक तनाव बढ्दै गएको छ ।

यसबीच क्यानडामा भारतीय भिसा सेवा अर्को सूचना नआएसम्मका लागि निलम्बन गरिएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ग्लोबल भिसा आउटसोर्स सेवा प्रदायक बीएलएस इन्टरनेसनलले अपरेसनसम्बन्धी समस्याका कारण सेप्टेम्बर २१ देखि लागु हुनेगरी भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म निलम्बित गरिएको जनाएको हो ।

कम्पनीले आफू भिसा र राहदानी प्रोसेस गर्ने एवं प्रशासनिक कामका लागि भारतीय उच्च आयोगको भरपर्दो साझेदार भएको उल्लेख गरेको छ । भारत सरकारको तर्फबाट भने, अहिलेसम्म यसको आधिकारिक पुष्टि भएको छैन ।

क्यानडाले सोमबार ब्रिटिस कोलम्बियामा भारतले आतंकवादी घोषणा गरेको निज्जरको हत्यामा भारतीय सरकारी एजेन्ट जोडिएको आरोप लगाएको छ ।

भारतले यो आरोप अस्वीकार गरेको छ । निज्जर भारतको पञ्जाबमा सिख समुदायका लागि छुट्टै देशको माग गर्ने खालिस्तान मुभमेन्टका प्रमुख हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्