site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठकमा शुक्रराज शर्माले भने– प्रदेश नचाहिने भए खारेज गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश चाहिने हो÷होइन निर्क्योल गर्न सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।

प्रदेश सभापतिलाई केन्द्रीय समितिमा आमन्त्रित बनाइएकामा उनी असन्तुष्ट छन् । उनले प्रदेश नचाहिने भए खारेज गर्न सभापति देउवालाई आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रदेश नचाहिने हो भने खारेज गरियोस्,” बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शर्माले भने, “होइन भने प्रदेश सभापतिलाई केन्द्रीय समिति बैठकमा वैधानिक हैसियतसहित आमन्त्रित गरियोस् ।”

उनले प्रदेश कार्यसमितिलाई निर्णयको अधिकार हस्तान्तरण गर्न माग गरे । “भोलि प्रदेशले परिपक्व निर्णय गर्न सकेन भने, गल्ती गर्‍यो भने कारबाही गर्ने अधिकार तपाईंहरुलाई नै छ,” शर्माले भने, “तर, प्रदेशअन्तगर्तका निकायका विषयमा निर्णय गर्ने अधिकार केन्द्रमा राख्नु भएन ।”

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्