site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने, सर्कुलर जारी हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार आज वा भोलि यसबारे सर्कुलर जारी हुनेछ ।

यसअघि वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन पत्र लेखेको थियो,” स्रोतले भन्यो, “सोही अनुसार कोटा बढाउने निर्णय भएको छ । अब सर्कुलरमार्फत जानकारी दिइनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । त्यसयता वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गरिरहेका थिए । 

व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० केजीसम्म सुनको माग भएको दाबी गर्दै आएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्