site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साताको सेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । यो हप्ता सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ ।

यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा साताको कारोबारको पहिलो दिन आइतबार कुल २७८ कम्पनीका ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६१० मूल्य बराबरमा खरिद बिक्री भएको छ । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर एक हजार ९६४ दशमलव ९१ अङ्कमा आएको थियो ।

त्यस्तै, दोस्रो दिन सोमबार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार ९६९ दशमलव १८ मा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार २७५ कित्ता सेयर रू ८७ करोड चार लाख ४४ हजार १५६ मूल्यमा खरिद बिक्री भएका थियो ।

कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अङ्कले बढेको थियो । यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार ९८५ दशमलव ४३ अङ्कमा कायम भएको थियो । कूल २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर ५० हजार २९६ पटक खरिद बिक्री हुँदा रू एक अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको थियो । यो दिन २७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर एक लाख १९ हजार ३५९ पटक खरिदबिक्री भएको थियो । जसमा रू तीन अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ बराबरको कारोबार भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्