site stats
बाह्रखरी :: Baahrakhari
देश
मणिपाल अस्पतालमा ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको छ । बिहीबार भएको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

सहमतिअनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दर बजारमा वर्षमा एकपटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, विनय गुरुङविरुद्ध दर्ता भएको मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुवै पक्ष सहमत भएका छन् । 

आन्दोलनका कारण चार दिनदेखि अस्पतालको सेवा प्रभावित भएको थियो ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरूले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै चिकित्सकहरूले गत सोमबारदेखि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात गरेका थिए ।

डाक्टरमाथि आक्रमण भएपछि देशैभरका चिकित्सकहरू आन्दोलनमा छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्